चौधरी समुहले भित्र्याउदै नथिङ इलेक्ट्रोनिक ब्रान्ड, नथिङ स्मार्टफोन र स्मार्टवाच आउँदै
काठमाडौं । पछिल्लो समय विद्युतीय गाडी भित्र्याउन आक्रमक देखिएको व्यापारिक घराना चौधरी समुहले नेपालमा नयाँ इलेक्ट्रोनिक ब्रान्ड भित्र्याउने भएको छ ।
बुधबार चाैधरी समुहका निर्देशक निर्वाण चौधरीले समाजिक सञ्जाल मार्फत नथिङ ब्रान्डसँग सहकार्य गर्न लागेको जानकारी दिएका छन् । नथिङ स्मार्टफोन, स्मार्ट वाच र एयरपड उत्पादन गर्दै आएको चिनियाँ ब्राण्ड वनप्लसका सहसंस्थापक समेत रहेका कार्ल पेईले तीन वर्षअघि नथिङ स्टार्टअप स्थापना गरेका थिए ।
अब सीजीले नेपाली बजारमा नथिङ ब्राण्डका उत्पादन आधिकारिक रूपमा बिक्री वितरण गर्नेछ ।
बुधबार यसका लागि हालै चौधरी ग्रुप प्रबन्ध निर्देशक निर्वाण चौधरी र नथिङका संस्थापक कार्ल पेईबीच साझेदारी भएको निर्वाण चौधरीले जनाएका छन् ।
सीजीका अनुसार नथिङका उत्पादन नेपाली बजारमा केहि समय भित्रै उपलब्ध हुने बताएको छ । हाल नथिङले स्मार्टफोन, स्मार्टवाच, इयरबडलगायतको उत्पादन गर्दै आएको छ ।