मिरर्मिरे र चिरख्वा हाईड्रोपावरको शेयर भाेलि बाँडफाँट हुने
काठमाडौं । मिर्मिरे लघुवित्तको एफपीओ र चिरख्वा हाईड्रोपावर कम्पनीको आईपीओ बिहीबार बाँडफाँट हुने भएको छ । मिर्मिरे लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा बाँडफाँट हुने भएको हो ।
लघुवित्तले असोज ३० गतेसम्म १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गरेको थियो । लघुवित्तको आईपीओमा १४ लाख २१ हजार भन्दा बढी आबेदकले एक करोड ६१ लाख ७४ हजार ५८० कित्ताको लागि आवेदन परेको थियो ।
त्यसैगरी चिरख्वा हाइड्रोपावर लिमिटेडकाे पनि बिक्री प्रबन्धक आरबिबि मर्चेन्टले बिहीबार बिहान ८ः३० बजे शेयर बाँडफाँट गर्ने भएको छ। चिरख्वा हाइड्रोपावरले असोज २३ देखि असोज २६ गतेसम्म सर्वसाधारणलाई ८ लाख ५९ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको थियो ।
यस अघि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ८० हजार कित्ता, कर्मचारीहरुका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि ४० हजार कित्ता निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले प्रबर्द्धन गरिरहेको ४.७ मेगावाटको माथिल्लो चिरख्वा जलविद्युत आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.३९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १२.१४ वर्ष रहेको छ । आयोजनाको विद्युत उत्पादन अनुमति २८ वर्ष ८ महिना बाँकी रहेको छ ।