स्टान्डर्ड चार्टर्ड बैंकले घोषणा गर्यो लाभांश
काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंक नेपालले नगद लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्प २०७९–८० को मुनाफाबाट सेयरधनीलाई करसहित १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
यो लाभांश नियामक केन्द्रीय बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीको खातामा पठाइनेछ । गत वर्ष यसले १६.५१ प्रतिशत नगद लाभांश दिएको थियो । यसआधारमा लाभांश गत वर्षभन्दा यसपटक धेरै हो ।