यो साता सुनको मूल्यमा उच्च वृद्धि, इजरायल–प्यालेस्टिन द्धन्द र अमेरिकी डलरको विनिमय दर थप मजवुत हुनुको प्रभाव
काठमाडौं । यो साता विश्व बजारमा सुनको मुल्य बृद्धि भएको छ । इजरायल–प्यालेस्टिन द्धन्दको प्रभाव र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिकोकारण लगानीकर्ताहरु सुरक्षीत लगानीको रुपमा सुन तर्फ आकर्षित भएको कारणले सुनको मुल्य वृद्धिमा चाप परेको तर्क विश्लेषकहरुले गरेका छन्।
दुई साता अघि सम्म निरन्तर बढेको सुनको मुल्य त्यस यता अमेरिकी डलरको विनिमय दर लगभग स्थिर बन्दै गए पछि केही दिन घटेको थियो । द्धन्दका कारण कच्चा तेलको मुल्यमा समेत उतार चढाव आई त्यसको प्रभाव सुनको मुल्यमा समेत पर्न सक्ने बिश्लेषकहरुको अनुमान छ ।
नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९६ हजार ८ सय ८० रुपैयाँ रहेको सुनको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ९९ हजार २५ रुपैयाँपुगेको छ । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम २ हजार १ सय ४५ रुपैयाँले बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन १ हजार १ सय ९२ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय रुपैयाँ पुगेको छ ।