सिभिल बैंकको नाफा २४ करोड, सीसीडी रेसियो ७८.२१ मा झर्यो |
काठमाडौं । सिभिल बैंकले चालू आवको दोस्रो त्रेमाससम्ममा करिब २३ करोड ९८ लाख रुपैया स्वतन्त्र नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आवको सोही अवधिको तुलनामा करिब १० प्रतिशत मात्र नाफा वृद्धि गरी उक्त परिमाणमा नाफा कमाएको हो ।
नियामकीय समायोजनमा ११ करोड छुट्याएको बैंकको खुद नाफा भने ३६ करोड २३ लाख कायम भएको छ । यो नाफाअनुसार बैंकको प्रतिशेयर आम्दानी ९.०१ रुपैयाँ रहेको छ ।
बैंकले अघिल्लो त्रैमासको तुलनामा निक्षेप र कर्जामा क्रमशः करिब पौने ४ अर्ब र डेढ अर्ब बढोत्तरी गर्दा रिजर्भको आकार भने करिब ७० करोडले बढाएको छ । रिजर्भमा उल्लेख्य रकम बढ्नु र कर्जा लगानीभन्दा निक्षेप संकलन उच्च हुँदा बैंकको सीसीडी अनुपातमा खुकुलोपन आएको छ । बैंकको सीसीडी अनुपात ७८.२१ प्रतिशतमा झरेको हो । अघिल्लो त्रैमासमा यो दर ८० प्रतिशतको नजिक थियो ।
सिभिल बैंकको यो त्रैमासको कस्ट अफ फण्ड बढ्दा आधार ब्याजदर समेत बढेको छ । अघिल्लो त्रैमासमा १०.९८ प्रतिशतको बेसरेट यो त्रैमासमा ११.३१ प्रतिशत कायम भएको हो । यसले बैंकको बैंकका ऋणीहरूमा ब्याजदर थप हुने देखिएको छ ।
बैंकको पूँजी पर्याप्तता अनुपात १९.८६ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.५० प्रतिशत, कस्ट अफ फण्ड आधार ब्याजदर ८.०२ प्रतिशत र प्रतिशेयर नेटवर्थ १३३.९३ रुपैयाँ छ ।