लक्ष्मी बैंकको ८.५० प्रतिशत बोनस पारित |
काठमाडौं । लक्ष्मी बैंकले घोषणा गरेको ८.५० प्रतिशत बोनस पारित गरेको छ । हिजो सोमबार बसेको बैंकको अठारौं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश पनि पारित गरेको छ ।
पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रू. ८ अर्ब ९२ करोड पुगेको छ । सभाले सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७४०७५ को बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ । यसका अतिरिक्त साधारण सभाले बैंकको व्यवसाय विस्तार गर्न शेयर तथा डिबेन्चर अन्डरराइट गर्नेलगायत विविध वित्तीय कारोबार गर्ने गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
आव २०७४७५ मा रू. ६५.५६ अर्ब निक्षेप र रू. ६२.६५ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रू. ८१ अर्ब रहेको छ । सो आवमा बैंकले १ अर्ब १८ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।