४०० अर्ब बढीले बढ्यो अन्तर बैंकिङ कारोबार
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिनामा अन्तर बैंकिङ कारोबार ४०० अर्ब बढीले बढेको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनअनुसार दुई महिनामा एक हजार ८० अर्ब ८० करोडको अन्तर बैंकिङ कारोबार भएको छ । गत वर्षको यसै अवधिमा भने ६४७ अर्ब ५८ करोडको अन्तर बैंकिङ कारोबार भएको थियो ।
चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ)मा वाणिज्य बैंकले ९२४ अर्ब ४२ करोड र अन्य वित्तीय संस्थाले १५६ अर्ब ३८ करोडको अन्तर बैंकिङ कारोबार गरेका हुन् ।
गत वर्षको यसै अवधिमा वाणिज्य बैंकले ५८० अर्ब ५२ करोड र अन्य वित्तीय संस्थाले ६७ अर्ब ६ करोडको अन्तर बैंकिङ कारोबार गरेका थिए ।