सानिमा माई हाइड्रोपावरको नाफा २२ करोड ९६ लाख |
काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो त्रैमासमा मुनाफा २२ करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ५ दशमलव ०३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २१ करोड ८६ लाख रुपैयाँ कमाएको थियो ।
२ अर्ब ४७ करोड १ लाख रुपैयाँ चुक्ता पुँजी रहेको अन्य जगेडा ६ करोड ९६ लाख रुपैयाँ छुट्टाएको छ । कम्पनीको ग्रस नाफा ४४ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ । खुद संचालन मुनाफा ३७ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ ।
प्रतिशेयर आम्दानी १० दशमलव ८८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय २२ दशमलव ९९ रुपैयाँ रहेको छ । कम्पनीको बजार शेयर मुल्य २ सय ३७ रुपैयाँ रहेको छ ।