नासा सेक्युरिटिजले ग्राहकहरुका लागि ल्यायो एआई च्याटबोटसँगै नौलो सुविधा
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट शेयर ब्रोकरको कार्य गर्न अनुमति पाएको नासा सेक्यूरिटीज कम्पनी लिमिटेडले ग्राहक र सर्वसाधारणका लागि नौलो सुविधाहरु सार्वजनिक गरेको छ ।
नासा सेक्यूरिटीजले आफ्नो वेबसाइटको साजसज्जामा परिवर्तन गरी एआई माध्यमबाट ग्राहकहरुको समस्या समाधान गर्न च्याटबटको पनि व्यवस्था गरेको छ । वेबसाइट खोल्नासाथ तल दायाँतर्फ च्याटबट संकेत देखिने र त्यसमा क्लिक गरी ग्राहकले आफ्नो चासो तथा समस्या राख्न सक्नेछन् ।
एआईको माध्यमबाट समस्या समाधान र प्रश्नको सही जवाफ प्राप्त नभएमा सोही च्याटबटले सर्पोट टिकट बनाई नासा सेक्यूरिटीजका सम्बन्धित विभागका कर्मचारी समक्ष समस्या र गुनासो राख्न सकिने विकल्प पनि छ । सो पश्चात् कर्मचारीहरुले तत्कालै समाधान गरि सोको जानकारी गराउने व्यवस्था मिलाइएको प्रबन्ध सञ्चालक मदन पौड्यालले बताए ।
नासाले यस वर्षको दशैंको शुरुवातसँगै खल्ती डिजिटल वालेटसँगको सहकार्यमा आफ्ना सम्पूर्ण ग्राहकहरुले एकमुष्ट रुपमा ९ सय ९० रुपैैयाँ तिरेर १० वर्षका लागि हितग्राही र मेरो शेयर खाता नविकरण गर्न सकिने सुविधा शुरु गरेको छ । खल्ती डिजिटल वालेट मार्फत् यसरी हितग्राही खाता नविकरण गरेमा रु. ९९० मात्र भुक्तानी गरी सो सुविधा प्राप्त गर्न सकिनेछ । यसका लागि खल्ती वालेटको एपमार्फत् डिम्याट र मेरो शेयर विकल्पमा गई नविकरण गर्नुपर्नेछ ।