सोल्टी होटलको नाफा ९७ प्रतिशतले बढ्यो |
काठमाडौ । सोल्टी होटल लिमिटेडले दोस्रो त्रैमासमा मुनाफा ९७ दशमलव ०७ प्रतिशतले बढेर १५ करोड १६ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ कमाएको थियो ।
६६ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी भएको सोल्टी होटलले जगेडाकोषमा ९२ करोड ३५ लाख रुपैयाँ राखेको छ । कम्पनीको सम्पत्ति २३ दशमलव ९९ प्रतिशतले वृद्धि गरी २ अर्ब ४६ करोड ६ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी २ दशमलव २८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ २३ दशमलव ८७ रुपैयाँ, प्रतिशेयर बजार मुल्य २ सय ५ रुपैयाँ र प्राईस अर्निङ्ग रेसियो ९० दशमलव ०४ रुपैयाँ रहेको छ ।