वाणिज्य बैंकहरुले घटाए ब्याजदर, हेरौं कुनको कतिमा झर्यो ?
काठमाडौं । कात्तिक महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर असोजको तुलनामा घटेको छ । कतिपय बैंकले भने असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन् । वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् ।
अघिल्ला महिनामा ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेर ब्याजदर बढाएका अधिकांश बैंकहरुले कात्तिक महिनाको लागि घटाएर ब्याजदर सार्वजनिक गरेका छन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रियको छ भने कर्जा विस्तार हुन सकेको छैन । त्यसैले बैंकहरुलाई ब्याजदर घटाउनुको विकल्प थिएन । निक्षेपको ब्याजदरसँगै अब कर्जाको ब्याजदर पनि घट्दै जान्छ ।
बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १०% विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार वाणिज्य बैंकहरुले कात्तिका लागि नयाँ ब्याजदर निर्धारण गरेको छन् ।
कुन बैंकको ब्याजदर कति ?
हालसम्म कात्तिका लागि १८ वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरअनुसार व्यक्तिगत मुद्दति निक्षेपमा १३ वाणिज्य बैंकले अघिल्लो महिनाको तुलना ब्याजदर घटेका छ । यता, २ बैंकको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढेको छ । ३ वटा बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सबैभन्दा धेरै ब्याजदर दिनेमा हिमालयन बैंक र एनएमबि बैंक रहेका छन् । यी दुवै बैंकले कात्तिकको लागि मुद्दति निक्षेपमा ११% ब्याजदर दिने जनाएका छन् ।