आजदेखि खसी, बाेका र च्याङ्ग्राकाे बिक्री गरिने
काठमाडौं । साेमबार बिहान देशका विभिन्न भागबाट ल्याइने खसी, बाेका र च्याङ्ग्राकाे बिक्री भने आज दिउँसाेदेखि गरिने भएकाे छ ।
सहुलियत दरमा बिक्री गर्ने खसी, बोका र च्याङ्ग्रा खरिद सकिएको खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले जनाएकाे छ ।
यो वर्ष २ हजार खसी, बोका र एक हजार च्याङ्ग्रा खरिद गर्ने भनिएको छ । खसी, बोका र च्यांग्राको मूल्य भने बिक्री सुरू गर्नुअघि तय गरिने भएकाे छ ।
खसी, बोका र च्याङ्ग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रदेशिक कार्यालय थापाथलीबाट बिक्री गरिनेछ । संस्थानले खसी, बोका र च्याङ्ग्राका लागि ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
यस वर्ष धादिङ, मकवानपुर र दाङबाट २ हजार हाराहारी खसी र बोका किनेर ल्याइएकाे हाे । दाङको तुलसीपुरबाट खरिद गरिएको खसी र बोका आज बिहान काठमाडौं आइपुगेकाे छ।
यसैगरी, धादिङ र मकवानपुरबाट भने खसी र बोका काठमाडौं ल्याउने तयारी अन्तिम चरणमा रहेकाे छ । कम्पनीले रसुवाबाट सहकारीमार्फत एक हजार च्याङ्ग्रा खरिद गरेर ल्याउनका लागि छलफल गरेकाे थियाे।