एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभाद्वारा लाभांशकाे प्रस्ताव पारित
काठमाडौं । एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभाले ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । आज काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको बैंकको २६ औं वार्षिक साधारण सभाद्वारा चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश गरी कुल ३०.५२६३ प्रतिशत लाभांशकाे प्रस्ताव पारित गरिएकाे हाे ।
उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५५६ रूपैयाँ र कर प्रयोजनार्थ १७ करोड ६५ लाख ३ हजार २४० रूपैयाँ समेत गरी कुल ३ अर्ब ५३ करोड ६४ हजार ७९६ रूपैयाँ वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
बैंकको २६ औं वार्षिक साधारण सभाले २९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको कुल चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रूपैयाँ पुगेको छ । साथै, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।