पेट्रोलको मूल्य लिटरमा ११ र डिजलको ५ रुपैयाँले घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल निगम (आइओसी) ले पठाएको नयाँ दर अनुसार नेपाली बजारमा पनि मूल्य समायोजन गरिएको हो । जस अनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल तथा मट्टितेलको भाउ लिटरमा ५ रुपैयाँका दरले घटाइएको छ ।
नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १७३ रुपैयाँ पर्न आउँछ भने डिेजेज तथा मट्टितेलको मूल्य प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्ने भएको छ । दसैंको मुखमा भाउ घट्दा उपभोक्ताले राहत पाएका छन् ।
यसअघि निगमले एलपी ग्याससहित पेट्रोल र डिेजेलमा पनि मूल्य बढाएको थियो । तर भाउ अस्वभाविकरुपमा बढाइएको भन्दै सर्वत्र विरोध भएपछि सरकारले मूल्य फिर्ता आयल निगमलाई निर्देशन दिएको थियो । सरकारको निर्देशनपछि निगमले बढाइएको मूल्य फिर्ता लिएको थियो ।