कस्तो चल्दै छ – “बासेन्जी”को यात्रा, सिनेमाघरमा?
काठमाडौं । गत शुक्रबार, २६ असोजका दिन “बासेन्जी” एउटा प्रयोगात्मक चलचित्रका रूपमा सिनेमाघरहरूमा प्रदर्शन भयो । यो चलचित्र मनोवैज्ञानिक थ्रिलर भएका कारण सबैका लागि हुने वा सबैले बुझ्ने चलचित्र हुन सक्दैन भनेर त निर्देशक इयन स्कट क्लेमेन्टले पहिल्यै नै स्वीकार गरिसकेका हुन्, तर यो चलचित्रले चाख दिएर मनोविज्ञानमा डुब्न चाहने दर्शकहरूलाई भने पक्कै आकर्षित गरेको पनि छ । कसैको प्रशंसा, कसैले अव्यवस्थित पाएको यो चलचित्रको छोटो टिप्पणी यस्तो छ –
बुझ्नेहरूका लागि “बसेन्जी” चलचित्रले एउटा नयाँ प्रयोग र नयाँ दृष्टिकोण उजागर गराइदिएको छ । चलचित्रलाई भिडियो गेमको सिनेमाटोग्राफीको शैलीको प्रयोगले प्रथम पुरुष र तृतीय पुरुषको कोणहरूको अभिनव प्रयोगले व्यक्तिगत सम्बन्धको भावना सिर्जना गर्ने क्षमताको लागि यो चलचित्रको प्रशंसा गरिएको थियो। श्रोताहरूले घटनाहरूमा गहिरो डुबेको महसुस गरे, र रहस्यको बाटो खुल्दै गरेको अनुभव गरे । एक दर्शक भन्दै थिए, “मैले ‘बसेन्जी’ जस्तो नेपाली फिल्म कहिल्यै देखेको छैन । अचम्मको प्रयोग हो यो, जुन मलाई नयाँ, बोल्ड, र निकै रमाइलो लाग्यो । यस्तो सिनेमा बनिरहनुपर्छ । म त फेरि हेर्छु यो सिनेमा ।“
निर्देशक क्लेमेन्टले सबै दर्शकहरूका लागि यो चलचित्र नभएका कारण केही दर्शकहरूले आफूलाई चलचित्रका केही पक्षहरू भारी भएको र कथा कहाँबाट कहाँ पुगेको जस्तो अनुभव गरेको सुनाए । उनले भने, “मैले चलचित्र रहस्यको गर्भमा राखेरै बनाएको हुँ, त्यसैले सबै रहस्य एकै पटक खुल्छन् भन्ने छैन । दर्शकको ध्यान सिनेमामा मात्र केन्द्रित हुनै पर्छ, भएन भने दिमाग नै खल्बलिन सक्छ, कथावस्तुको औचित्य गुम्न सक्छ । म अर्को पटक चलचित्र बनाउँदा मेरा दर्शकले दिएको प्रतिक्रिया अवश्य याद राख्नेछु ।“
“बासेन्जी” हाल सिनेमाघरहरूमा प्रदर्शनरत छ ।