कोड फेस्ट २०२३ सम्पन्न
काठमाडौँ । नेपालकै ठूलो भनिएको ह्याकथन कोडफेस्ट २०२३ सम्पन्न भएको छ ।
अगस्टदेखि अक्टोबरसम्म सञ्चालन कोडफेस्ट २०२३ नेपालको सातवटा प्रदेशमा सम्पन्न भइ अक्टोबर ९, १०,११ मा ग्रान्ड फिनाले सम्पन्न भएको हो ।
प्रतियोगितामा सहभागी हुन विभिन्न प्रदेशबाट सय बढी टिम दर्ता भएका थिए । जसमध्ये प्रदेशस्तरीय प्रतिस्पर्धामा वाग्मती प्रदेशबाट तीन र अन्य प्रदेशबाट एक–एक उत्कृष्ट टीम गरि ९ टीम छनोट भएर प्रतिस्पर्धाका लागि काठमाडौ आएका थिए ।
सहभागीहरुले ७ ओटा सस्टेनबल डेभलपमेन्ट गोलहरु (क्म्न्क) गुड हेल्थ एण्ड वेल बीईङ्ग, क्वालिटी एजुकेशन, जेण्डर इक्युलिटी, ईण्डस्ट्रि इनोभेशन एण्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटीज, क्लाइमेट एक्सन, र पिस जस्टिस एण्ड ष्ट्रोङ्ग इन्स्टिच्युसनमा आधारित रहेर कुनै समस्याको समाधान टेक्नोलोजीको प्रयोग गरेर प्रोजेक्ट मार्फत ४८ घण्टा भित्र तयार गरि प्रदर्शन गर्नु पर्ने थियो । प्रतियोगितामा कोडफेस्ट २०२३ को विजेता टिम नास्ट बनेको छ । टिम नास्ट सुदुरप्रदेशको महेन्द्रनगरमा भएको प्रादेशिक आडियाथनबाट उत्कृष्ट भएर राष्ट्रिय प्रतिस्पर्धाको लागि चयन भएको हो । उक्त टिमले गुड हेल्थ एन्ड वेल विङ मा आधारित ब्लड–लिन्क प्रोजेक्ट प्रस्तुत गरेको थियो । त्यसैगरि फस्ट रनरअप टीम अमृत साईन्स क्याम्पस ( बाग्मती प्रदेश), सेकेन्ड रनर अप टिम मेची मभरिक्स (कोशी) बनेको छ । कोडफेस्ट २०२३ को विजेताले रु ५० हजार नगद सहित विभिन्न पुरस्कार पाएको छ ।
कोड फर चेन्जले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको आयोजक संस्थाका कृष्णप्रसाद पोखरेलको भनाइ छ ।
कोड फर चेन्जले स्थापनाकालदेखि नै नेपालमा प्रविधि पढिरहेका विद्यार्थीहरुको व्यक्तिगत र व्यवसायिक विकासको लागि विभिन्न वर्कशप, बुटक्याम्प, टेक कन्केल्भ लगायतका कामहरु गर्दै आएको दाबी गरेको छ ।