नेपाल इन्स्योरेन्सको शेयर मूल्य समायोजन |
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ६५ प्रतिशत हकप्रद शेयर निष्कासनपछि शेयरको मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३७१.५२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ५३७.५४ प्रतिशत रहेको थियो ।
मूल्य समायोजनपछि आज आइतवारको शेयर बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३७१ रुपैयाँमा खुलेको थियो । लगत्तै पछि उक्त शेयरको मूल्य बढेर ३९५ रुपैयाँसम्म कारोबार भयो ।