स्ट्रिक्स प्रोफेसनलद्वारा नयाँ कलेक्सन’मर्कुरिअल’ को प्रदर्शनी
काठमाडौँ । ’स्ट्रिक्स प्रोफेसनल’ ले काठमाडौँमा आफ्नो नयाँ कलेक्सन’मर्कुरिअल’ को प्रदर्शनी गरेको छ । ’स्ट्रिक्स प्रोफेसनल’ ले सेलिब्रिटी स्टाइलिस्ट विपुल चुदासमाका साथ भव्य शोको आयोजना गरेको हो ।
’स्ट्रिक्स प्रोफेसनल’, विशेष गरी सैलुन व्यावसायी र हेयर स्टाइलिस्टहरुका लागि तयार पारिएको, कपालको हेरचाह, रङ्ग र स्टाईलका व्यावसायिक श्रेणीका उत्पादन, यसको नयाँ कलेक्सन ’मर्कुरिअल’ को फेसन शोका बीच प्रदर्शन गरिएको बताइएको छ ।
५२० भन्दा बढी ’हेयर शो’ हरुको प्रदर्शनी, सेमिनार र विशेष मास्टर क्लासहरुका साथै कपाल र सैलुनको व्यावसायमा अतुलनिय बदलाव ल्याउने नाम विपुल चुदासमा रहेको पनि जनाइएको छ ।
प्रतिभाशाली फेशन डिजाइनरहरुका लागि शीर्षस्थ सेलेब्रेटीहरुसँग काम गरिसकेका विपुलले ‘Haute Coiffure Francaise in Paris’आफ्नो सृजना प्रदर्शन गरिसकेका छन् । यस्तै उनी उत्कृष्ट अन्तराष्ट्रिय ब्राण्डका प्रतिनिधि पनि भइसकेका छन् ।
’स्ट्रिक्स प्रोफेसनल’ को ’मर्कुरिअल कलेक्सन’ ले दिक्क लाग्दो, साधारण र एकोहोरो जीवनको मनस्थितिलाई परिवर्तन गरी रोमान्चक, अनुपम र फरक सम्भावनाका तहमा लैजानुका साथै कपालको कटाई, रंग र स्टाईलमा झल्किने गरेको बताइएको छ । रुचि र स्वभावहरुमा परीक्षण गर्न रुचाउने दर्शकहरुमाझ यो कलेक्सन लोकप्रिय सावित भएको जनाएको छ ।
विपुल चुदासमा भन्छन्, “हामि हेयरस्टाईलिस्ट, जहिलेपनि त्यस्ता फेसन उन्मुख भएका संग्रहको खोजीमा हुन्छौ जसले केशको कटाई, रङ्ग र स्टाइलमा हाम्रो सृजनशीलता र नविनतालाई चुनौती दियोस्। र, ’स्ट्रिक्स प्रोफेसनल’ ले आफ्ना ट्रेण्डि ग्राहक हरुका लागि, सबै प्रकारका केशमा अलौकिक काम गर्ने आफ्नो ’मर्कुरिअल संग्रह’ का साथ फेरी सबैको मन जित्न सफल भएको छ।“
’स्ट्रिक्स प्रोफेसनल’ का विभिन्न उत्पादनबाट सृजित केशसज्जाका संग्रहहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो ।