राष्ट्र बैंक साढे २ अर्बको ट्रेजरी बिल जारी गर्दै, परिपक्व हुने अवधि ९१ दिन |
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमवार २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ । राष्ट्र बैंकले परिपक्व हुने अवधि ९१ दिन तोकेर उक्त परिमाणमा ट्रेजरी बिल विक्री गर्न लागेको बताएको छ ।
ट्रेजरी खरिदका लागि भोलि सोमवार अपरान्ह ३ बजेसम्म आवेदन दिन सक्ने राष्ट्र बैंकले जानकारी गराएको छ । उक्त ट्रेजरी बिलको परिपक्व हुने अवधि वि.सं. २०७६ साल वैशाख १ गते तोकिएको छ ।
राष्ट्र बैकले यसअघि यही माघ २१ गते २८ दिन अवधिको ३ अर्ब २५ करोड र ९१ दिन अवधिको १ अर्ब ९१ करोड रुपैयाँको ट्रेजरी बिल जारी गरिसकेको छ ।