ब्याट्री पड्किएर एसिड पर्दा दुवै आँखा बन्द |
हुम्ला । तपाईं पनि कतै ब्याट्री घाममा सुकाउने त गर्नुभएको छैन ? यदि छ भने होस् पुर्याउनुु् । हुम्ला जिल्लाका एक जना सोलारबाट चार्ज हुने १२ भोल्टको ब्याट्री घाममा सुकाउन जाँदा पड्किएर एसिड आँखा पर्दा आँखा नदेख्ने भएका छन् । हुम्लाको सर्केगाड गाउँपालिका–४ बस्ने दन्तबहादुर शाहीका सोलारबाट चार्ज हुने १२ भोल्टको ब्याट्री सुकाउन जाँदा फड्किँएर एसिड आँखा परी जलेर दुवै आँखा बन्द भएका हुन् ।
हिजो शनिबारदेखि मौसममा सुधार आएपछि उनी घाममा ब्याट्री सुकाउन जाने क्रममा उक्त घटना भएको र एसिडले जलेर दुवै आँखा नदेख्ने भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी हरिहर खड्काले जानकारी दिएका हुन् । अहिले घाइते शाहीलाई स्थानीय सर्केगाड स्वास्थ्यचौकीमा उपचार गराउन खोजिए पनि उपचार सम्भव नभएको बताइएको छ ।