प्रभु बैंकको साधारणसभा फागुन १९ गते, आठ प्रतिशत बोनस पारित गर्ने |
काठमाडौं । प्रभु बैंकको वार्षि साधारणसभा फागुन १९ गते हुने भएको छ । सभाले ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले यसअघि ५ प्रतिशत बोनस शेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड रुपैयाँ जम्मा गरेर मात्र सञ्चित मुनाफाबाट बोनस शेयर प्रस्ताव गर्न निर्देशन दिएकाले साधारणसभा गर्न ढिला भएको थियो ।
उक्त सभाले बैंकको संस्थागत र साधारण शेयरधनीको शेयर हिस्सा संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । उक्त सभाले साधारणको ४५ र संस्थापकको ५५ प्रतिशत हुने गरी शेयर संरचना परिवर्तन गर्ने बैंकले जानकारी दिएको छ । अहिले उक्त बैंकमा संस्थापकको ६१.३९ र सर्वसाधारणको ३८.६९ प्रतिशत शेयर छ ।