एनआरएन इन्फ्रास्ट्रक्चरको साधारण सभा आह्वान
काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले कात्तिक १७ गते, शुक्रबार एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले आम्रपाली ब्यान्क्वेट, थिरबम सडक, काठमाडौँमा बिहान ९ बजे सभा बोलाएको हो।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ३० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।