यतिका दुई विमान चार्टर गरेर ८० भारतीयले गरे ‘माउण्टेन फ्लाइट’
काठमाडौं । ८० जना भन्दा बढी भारतीय पर्यटकले एकैपटक दुईटा जहाज चार्टर गरेर माउण्टेन फ्लाइट गरेका छन् । एकप्स सिस्टम ईण्डियाका संस्थापक तथा पार्टनरहरुको संयुक्त टोलिले यहीँ असोज २० गते शनिबार यति एअरलाईन्सका दुई एटिआर ७२ विमान चार्टर्ड गरेर माउन्टेन फ्लाईट गरेका हुन् ।
यी पर्यटक काठमाडौंको ह्यात होटलमा तीन दिने कर्पोरेट कन्फ्रेन्समा सहभागि हुन विभिन्न भारत तथा युएईमा रहेको एकप्सको कार्यालयबाट नेपाल आएका हुन् । सोही अवसरमा एरलाइन्सको दुई वटा विमान चार्टर गरेर विभिन्न हिमश्रृखंलाको अबलोकन भ्रमण गरेको चार्टर अपरेसनको जिम्मा लिएको सस्तो टिकटस् डट कमले जानकारी दिएको छ ।
कम्पनीको एकाउन्ट म्यानेजर मनिस महर्जनले भने, ‘कुनै एकै कम्पनीको अगुवाईमा एकै पटक माउण्टेन फ्लाईटका लागि दुई वटा विमान नै चार्टर भनेको नेपालको यो पहिलो अवसर हो । यसबाट नेपालको पर्यटकीय सम्भवना असिमित भएको प्रमाणित समेत गरेको छ’ उनले भने ।
सस्तो टिकटस् डट कम नेपालको सर्बाधिक ठूलो अनलाईन ट्राभल एजेन्सि पनि हो । नेपाली सिप र प्रविधिमा आधारीत यो अनलाईन ट्राभल एजेन्सि मार्फत सस्तो मूल्यमा जुनसुकै गन्तब्यका लागि टिकट काट्न सकिने र सोही पोर्टलबाट विभिन्न किसिमका ट्राभल प्याकेज पनि खरिद गर्न सकिने कम्पनीले बताएको छ ।
यो चार्टर उडानका लागि यति एअरलाईन्सले छोटो सूचनामा विमान उपलब्ध गराउन सकेकोमा एकप्सका तर्पबाट श्री बृजेस बर्माले यति एअरलाईन्स लाई धन्यबाद समेत दिए ।
पछिल्लो पटक विश्व पर्यटन बजारबाट नेपाल आगमन बढीरहेका बेला भारतीयसँगै चिनियाँ पर्यटकहरुको समेत आगमन तीब्र गतिमा बढेको छ । यसले पर्यटन व्यवसाय चलायमान हुनेसँगै अर्थतन्त्र मजबुद हुनेमा व्यवसायी र स्वयम सरकार समेत उत्साहित छ । सन् २०२३ को अगष्टसम्ममा झण्डै ७ लाख पर्यटक नेपाल भित्रिसकेका छन् । यो वर्ष सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।