फोर्सका गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने
काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले ग्राहकको सुविधालाई ध्यानमा राखी रिलायन्स फाइनान्स लिमिटेडसँग फोर्स ब्राण्डका सवारीसाधनलाई सहज कर्जा उपलब्ध गराउन वित्तीय सम्झौता गरेको छ ।
आयाम इन्टरकन्टिनेटल प्रालिका तर्फबाट कम्पनीका अध्यक्ष डा.ध्रुव थापा, रिलायन्स फाइनान्स लिमिटेडका तर्फबाट सीईओ समजप्रकाश श्रेष्ठ र डीसीईओ रामहरी आचार्य ज्यूले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सम्झौताअन्तर्गत आयाम इन्टरकन्टिनेटल प्रालिको सिफारिस प्राप्त ग्राहकहरूले फोर्स ब्राण्डका सवारीसाधन खरिदका लागि रिलायन्स फाइनान्सबाट अधिकतम ७० प्रतिशत सहजपूर्ण कर्जा प्राप्त गर्न सक्ने सो कम्पनीले जानकारी दिएको छ ।
आयाम इन्टरकन्टिनेटल प्रालिका देशभरि रहेका सम्पूर्ण डिलरहरू र रिलायन्स फाइनान्सका विभिन्न शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरूमा डिलर तथा सर्भिस सेन्टरहरू रहेका छन ।
साथै फोर्स मोटर्सका गाडीहरू खरिद गर्न चाहाने ग्राहकहरूलाई दशैं र तिहारको अवसरमा कम्पनीले आकर्षक योजनाहरू सार्वजनिक गरेको छ ।
यस कम्पनीको अनुसार बैंकमा ग्राहकले तिर्नुपर्ने ब्याजमा ५० प्रतिशत क्यासब्याक, एक्सचेन्जमा कम्तिमा ४ लाखको मूल्यांकन, १ वर्षको मर्मतसम्हार खर्च र बिमा फ्री लगायतका अफरहरू सार्वजनिक गरेकोे छ ।