ललितपुर फाइनान्सको नोक्सान ३ करोड |
काठमाडौं । ललितपुर फाइनान्स लिमिटेडले दोस्रो त्रैमासमा ३ करोड ३३ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जसले अघिल्लो वर्षको सोहिअवधिमा नाफा ५ करोड ४४ लाख रुपैयाँ कमाएको थियो ।
२३ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी भएको फाइनान्सले जगेडाकोषमा १० करोड ९४ लाख रुपैयाँ नोक्सानमा रहेको छ । जसले निक्षेपमा ३० करोड रुपैयाँ संकलन गरेको छ भने कर्जामा ५० करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ । गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५० दशमलव १४ प्रतिशतले वृद्धि गरेको छ ।
फाइनान्सको खुद व्याज आम्दानी १०२ प्रतिशतले वृद्धि गरी ४८ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा भने ३ करोड ४२ लाख रुपैयाँ नोक्सानमा रहेको छ । खुद व्याज आम्दानी बढेपनि संचालन मुनाफा नोक्सानमा भएको हुँदा नाफा पनि नोक्सानमा रहेको छ ।
फाइनान्सको निष्कृय कर्जा ६९ दशमलव ४४ प्रतिशत र जोखिम युक्त सम्पत्ति १९ दशमलव ४० प्रतिशत रहेको छ ।