कजारिया रमेश टाइल्स लिमिटेडको लागि वित्तीय कन्सोर्टियम सम्झौता
काठमाडौं । कजारिया सेरामिक्स लिमिटेड र रमेश कर्पबीचको नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन ५०ः५० को संयुक्त लगानी कजारिया रमेश टाइल्स लिमिटेडले वित्तीय कन्सोर्टियम सम्झौता भएको छ।
कम्पनीले आफ्नो लगभग ४०० करोड रुपैयाँको महत्वाकांक्षी परियोजनाको लागि ३०० करोडको पर्याप्त लगानी कोष सफलतापूर्वक प्राप्त गरेका छन्।
यो सम्झौता एभरेष्ट बैंक लिमिटेडको नेतृत्वमा नबिल बैंक लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र प्रभु बैंक लिमिटेड लगायत अन्य तीन प्रमुख वित्तीय संस्थाहरूसँगको सहकार्यमा भएको थियो।
सम्झौतामा रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले हस्ताक्षर गरेका थिए।
नेपाललाई भिट्रिफाइड टाइल्स र सेरामिक उत्पादनमा आत्मनिर्भर बनाउने दूरदर्शी प्रतिबद्धताका साथ कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमा टाइल उत्पादनको लागि ग्रीनफिल्ड परियोजना सुरु गरेका छन्।
यो महत्वाकांक्षी उद्यम कजारिया सेरामिक्स, भारतको अग्रणी र विश्वको सातौं सबैभन्दा ठूलो टाइल उत्पादकसँग ५०ः५० को संयुक्त लगानी उद्यमको रूपमा सञ्चालन गरिएको छ। यो परियोजना नेपालभित्र उच्च गुणस्तरको कजारिया टाइल्स उत्पादन गर्ने कार्यक्रममा जानकारी दिइयो।
नवलपरासी क्षेत्रमा अवस्थित अत्याधुनिक उत्पादन उद्योग ८० लाख–वर्ग–मिटरको उत्पादन क्षमता भएकोे नेपालको सबैभन्दा ठूलो टाइल उत्पादन गर्ने उद्योग हुनेछ। आफ्ना उत्पादनहरूको विश्वव्यापी मापदण्डहरू अनुसार अतुलनीय गुणस्तर होस् भनी सुनिश्चित गर्नका लागि यस उद्योगमा उच्च गुणस्तरको अत्याधुनिक प्रविधिहरू समावेश गरिने कम्पनीले जनाएको छ।
नेपाललाई टाइलको माग पूरा गरि आत्मनिर्भर बनाउने, स्थानीय जनताका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने र राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्याउने कम्पनीको प्रतिबद्धता छ।
सम्झौताको वित्तीय पक्षहरूलाई अन्तिम रूप दिने क्रममा, उनीहरूले आफ्नो कारखानाको निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको जानकारी दिए।
कजारियाका गुणस्तरीय उत्पादनहरू सबैका लागि लागि थप किफायती बनाउने लक्ष्य राखिएको छ। मार्च २०२४ सम्ममा पूर्ण रूपमा कारखाना सञ्चालनमा आउने उनीहरूको भनाइ छ।