आशा लघुवित्तको आईपीओ बाँडफाँड, ६२ हजार ९९३ जनाले पाए |
काठमाडौ । आशा लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । धितोपत्र निकाष्शन तथा बाँडफाँड नियमावली अनुरुप १० कित्ताका दरले गोलाप्रथाबाट ६२ हजार ९९३ आवेदकले लघुवित्तको शेयर हात पारेका छन् ।
२० दशमलव ३८ प्रतिशत मात्र आवेदकले शेयर पाएका छन् । ७९ दशमलव ६२ प्रतिशत आवेदकको हात खाली भएको लघुवित्तको विक्री प्रबन्धक प्रभु क्यापिटलले जानकाकरी दिएको छ ।
क्यापिटलका अनुसार लघुवित्तको ६ लाख २९ हजार ९३० कित्ता शेयरका लागि कूल ३ लाख ९ हजार ७८२ आवेदकबाट १ करोड १५ लाख ८२ हजार २३० कित्ता शेयर माग भएको थियो ।
जसमध्ये ३२ हजार ९ सय कित्ता शेयरका लागि परेको ६७७ वटा आवेदन भने रद्ध भएका छन् । वाँकी ३ लाख ९ हजार १०५ आवेदकलाई शेयर बाँडफाँड प्रकृयामा सहभागि गराउँदा २ लाख ४६ हजार ११२ आवेदकले शेयर नपाएका हुन ।
लघुवित्तको आईपीओमा १८.३९ गुणा बढीको आवेदन परेको थियो । लघुवित्तको आईपीओमा न्यूनतम १० र बढीमा तीन हजार ३७० कित्तासम्म आवेदन गर्न पाइने व्यवस्था गरिएको थियो ।
लघुवित्तले माघ १८ गते देखि २२ गते सम्म ६ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख ७४ कित्ता शेयर कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमा १० हजार ३७० कित्ता लघुवित्तका कर्मचारीलाई र ३३ हजार ७०० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको थियो । आईपीओ पश्चात लघुवित्तको चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।