अजोड इन्स्योरेन्सको नाफा १ करोड २३ लाख, २२ वटा दाबी भुक्तानी |
काठमाडौं । अजोड इन्स्योरेन्सले चालू आवको दोस्रो त्रैमाससम्ममा १ करोड २३ लाख नाफा कमाएको छ । सञ्चालनमा आएको ६ महिना नपुग्दै कम्पनीले आफ्नो नाफालाई करोडको आँकडामा पुर्याएको छ । कम्पनीले २०७५ असोज मसान्तसम्ममा ५८ लाख नाफा आर्जन गरेको थियो ।
त्यस्तै, अजोडले कुल बीमा शुल्क पनि १२ करोड १३ लाख पुर्याइसकेको छ । १३ हजार २ सय २८ वटा बीमा लेख विक्रीबापत कम्पनीले सो मात्रामा बीमा शुल्क आर्जन गरेको हो ।
कम्पनीले २२ वटा दाबीबापत २१ लाख भुक्तानी गरिसकेको छ भने ५७ वटा दाबीको भुक्तानी प्रक्रिया पनि अघि बढाएको छ । ७० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ करोड ४२ लाख जम्मा भइसकेको छ ।