शुक्रबारसम्म पानी पर्ने
काठमाडौं । आइतबारयता देशका विभिन्न स्थानमा लगातार वर्षा भइरहेकाे छ । जल तथा माैसम पुर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्म देशकाे माैसममा बदली रहिरहनेछ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेकाे र नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको महाशाखाले जनाएकाे छ ।
बुधबार देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाले यसकासाथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पुर्वानुमान गरेकाे छ।
यसैगरी, वर्षाका कारण त्यस क्षेत्रहरूबाट बहने नदीको जल सतह हल्का बढ्न सक्ने, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने चेतावनी समेत महाशाखाले दिएकाे छ । भारी वर्षाका कारण हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
बिहीबार र शुक्रबार पनि देशभरकाे माैसममा आंशिक देखि सामान्य बदली रहनेछ। आगामी दुई दिन कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसकासाथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत पुर्वानुमान गरिएको छ।