एनबिआइद्वारा सुदुरपश्चिमा “न्याभिगेटिङ दी क्रेडिट ल्यान्डस्केप” कार्यक्रम आयोजना
काठमाडौँ । नेशनल बैंकिंग इन्स्टिच्युटले देशमा बिद्यमान कर्जा लगानीको अवस्था, सम्भावना र चुनौतीका बारेमा छलफल गरेको छ ।
सुदुर पश्चिम प्रदेशको धनगढिमा “न्याभिगेटिङ दी क्रेडिट ल्यान्डस्केप” बिषयमा एक दिने कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा सुदुर पश्चिम प्रदेश स्थित बैंक तथा वित्तिय संस्थाका ६५ जना भन्दा बढी पदाधिकारीहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका बरिष्ठ अधिकारीका साथै बरिष्ठ बैंकिंग विज्ञहरु परशुराम कुँवर क्षेत्री तथा अजय श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा विशेष गरि कर्जा लगानीका लागि बैंकिंग तथा वित्तिय क्षेत्रले सामना गरेका चुनौतिहरु, कर्जा लगानीका अवसरहरु र कर्जा परिचालनका लागि प्रभावकारी वातावरण तयार गर्ने रणनीतिका बारेमा छलफल भएको थियो । परशुराम कुँवर क्षेत्री ले साना तथा मझौला व्यवसाय क्षेत्रमा रहेका अवसर र जोखिमका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने अजय श्रेष्ठले खुद्रा व्यवसायमा कर्जा लगानी गर्दा आइपर्ने चुनौतीहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाल राष्ट्र बैंकका बरिष्ठ अधिकारीले बैंकहरुको कर्जाको गुणस्तरका बारेमा कुरा गर्दै बैंकहरुले सुधार गर्नुपर्ने क्षेत्र का बारेमा जोड दिनुपर्ने बताए । एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक र एनएमबि बैंकका प्रदेश प्रमुखहरु सतिश प्रताप सिंह, पुकार सुवेदी र श्याम अधिकारी तथा परशुराम कुँवर क्षेत्रीद्वारा संचालित सामुहिक छलफल कार्यक्रम आयोजना गरिएको थियो ।