सानिमा माई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर वितरण गर्ने
काठमाडौं । सानिमा माई हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर तथा नगद लाभांश पारित गर्न कम्पनीले कात्तिक २३ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २४ गते बुक क्लोज हुनेछ । तसर्थ, असोज २३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
सोमबार बसेको सञ्चालक समिति बैठकले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि गरेको छ । उक्त प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।