ओपोः एक हप्तामा चार नयाँ देशमा प्रवेश |
काठमाडौं । बिश्वब्यापी अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले तिव्रताका साथ आफ्नो बजार विस्तार गरिरहेको छ । गत हप्ता मात्र ओपोले आधिकारिक रुपमा चार नयाँ देशमा प्रवेश गरेको छ । बिश्वभर विस्तारका क्रममा कम्पनीले यूनाइटेड किङ्गडम, साउदी अरेविया, टर्की र पोल्याण्डमा आफ्ना फ्ल्यागशिप मोडलका साथ प्रवेश गरेको हो ।
ज्यानुअरी २८ मा ओपो आधिकारिक रुपमा साउदी अरेबियामा प्रवेश गरेको थियो । साउदी अरेबियाका लागि पहिलो उत्पादनका रुपमा कम्पनीले कलात्मक डिजाइनको नमुनाका रुपमा परिचित आर१७ सिरिज भित्र््याएको थियो । सार्वजनिक अगाडी कम्पनीले मिडल ईस्ट रिजनल अपरेशनको आधारका रुपमा यूएईको दूबईमा दोस्रो एमईए हब खोल्ने घोषणा गरेको थियो ।
ज्यानुअरी २९मा लन्डनको टावर ब्रिजमा ओपोले यूके लञ्ज ईभेन्टको आयोजना गरेको थियो । यसलाई ओपोको वैश्विकिकरणका लागि एक कोशेढुङका रुपमा पनि हेरिएको छ । यूके पश्चात ओपोले टर्कीमा आधिकारिक सार्वजनिक कार्यक्रमको आयोजना गर्यो । यसले कम्पनीको यूरोपियन ईको सिस्टमलाई थप बलियो बनाएको छ । लगतै पोल्याण्डमा आयोजित सार्वजनिक समारोह मार्फत ओपोले आफ्नो पूर्ण प्रडक्ट सिरिज फाईण्ड एक्स, आरएक्स१७ सिरिज र ए सिरिज पनि सार्वजनिक गर्यो ।
सन् २०१८ को जुन महिनामा ओपोले यूरोपियली बजारमा आफ्नो पहिला भेञ्चरका रुपमा फ्रेञ्च बजारमा प्रवेश गरेको थियो । यस पश्चातका ६ महिनामा कम्पनीले ईटालियन, स्पेनिश र डच बजार मार्फत आफ्नो यूरोपियन विस्तारलाई निरन्तरता दिएको छ । अबको यूके, टर्की र पोल्याण्ड बजारमा प्रवेशसंगै यूरोपियली बजारमा ओपोको उपस्थिती ९ ओटा देशमा पुगेको छ । हाल ओपोको उपस्थिती विश्वका ४० देश सम्म पुगिसकेको छ । ओपोले विश्वभरका २५० मिलियन प्रयोगकर्तालाई स्टेट अफ आर्ट प्राविधिक उत्पादन तथा सेवा उपलब्ध गराइरहेको छ ।