फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको नाफा १५ करोड ५१ लाख |
काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा खुद नाफा १५ करोड ५१ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा ६ दशमलव ६५ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा १४ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
३० करोड १ लाख रुपैयाँ चुक्ता पुँजी भएको फरवार्ड कम्युनिटीले जगेडाकोषमा ८८ करोड २३ लाख रुपैयाँ छुट्टाएको छ । जसले निक्षेपमा ३ अर्ब ६१ करोड ६७ लाख रुपैयाँ संकलन गरेको छ । भने कर्जामा ३३ दशमलव ५१ प्रतिशतले वृद्धि गरी ८ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ लगानी गरेको छ ।
फरवार्ड कम्युनिटीको खुद व्याज आम्दानी २१ दशमलव ९३ प्रतिशतले वृद्धि गरी ३७ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६ दशमलव ५७ प्रतिशतले वृद्धि गरी २४ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।
फरवार्ड कम्युनिटीको निष्कृय कर्जा शुन्य दशमलव ६६ प्रतिशत, जोखिम युक्त सम्पत्ति १३ दशमलव ०४ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १०३ दशमलव ३६ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ३९३ दशमलव ९६ रुपैयाँ र तरलता अनुपात १८ दशमलव ५९ प्रतिशत रहेको छ ।