सामुदायिक लघुवित्तले नाफा ८५ प्रतिशतले वृद्धि |
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा खुद नाफा १ करोड रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ८५ दशमलव ९१ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा ५३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
१० करोड रुपैयाँ चुक्ता पुँजी भएको सामुदायिक लघुवित्तले जगेडाकोषमा ४ करोड ६७ लाख रुपैयाँ छुट्टाएको छ । जसले निक्षेपमा ३० करोड ८६ लाख रुपैयाँ संकलन गरेको छ । भने कर्जामा २२ दशमलव ९६ प्रतिशतले वृद्धि गरी ८४ करोड ६७ लाख रुपैयाँ लगानी गरेको छ ।
सामुदायिक लघुवित्तको खुद व्याज आम्दानी १७ दशमलव २४ प्रतिशतले वृद्धि गरी ३ करोड ४१ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८७ दशमलव ५ प्रतिशतले वृद्धि गरी १ करोड ५७ लाख रुपैयाँ पुगेको छ ।
सामुदायिक लघुवित्तको निष्कर्य कर्जा १ दशमलव ३५ प्रतिशत, जोखिम युक्त सम्पत्ति १६ दशमलव १४ प्रतिशत, प्रतिशेयर आम्दानी २० दशमलव ०७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४६ दशमलव ७७ रुपैयाँ र तरलता अनुपात २६ दशमलव ७६ प्रतिशत रहेको छ ।