जिडब्लुएमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टा
काठमाडौं । नेपालमा जिडब्लुएम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रालिले जिडब्लु.एमका प्रभावशाली एसयूभीहरू हाभल एच ६, हाभल जोलायन, पिक–अप पावर र विद्युतीय ओरा ०३ जस्ता सबै सवारीसाधनहरुका लागि ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’ यही असोज १२ देखि १८ सम्म आयोजना गर्दैछ ।
यो क्याम्प जिडब्लुएमको काठमाडौं शोरुम थापाथली र भक्तपुर शोरुममा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म आयोजना हुनेछ । जसबाट कार उत्साहीहरुले टेस्ट ड्राइभको अनुभव गर्ने र एक्सचेन्जकोे विशेष अवसर प्राप्त गर्नेछन् ।
यस क्याम्पले उत्साहीहरूलाई स्लीक हाभल एसयूभीदेखि शक्तिशाली ओरा ०३ ईभी र पोयर जस्ता विभिन्न प्रकारका सवारी साधनहरू परीक्षण गर्ने मौका प्रदान गर्दछ । चाहे सहरको यात्रा गर्दा होस् या अफ–रोडको यात्रा, जि.डब्लु.एमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टाले कम्पनीको नवाचार र अटोमोटिभ उद्योगमा उत्कृष्टताप्रतिको समर्पणलाई जोड दिँदै उत्कृष्ट ड्राइभिङ्ग अनुभव प्रदान गर्नेछ ।
ग्राहकहरूले यस क्याम्प मार्फत प्रभावशाली जि.डब्लु.एम लाइनअपको अनुभव लिँदै, दैनिक बोटको स्मार्ट वाच र एकजना भाग्यशाली विजेताले MI टिभी जित्ने अवसरहरूका साथै, एक्सचेन्ज बोनस, हरेक टेस्ट ड्राइभका साथ विशेष उपहारहरू, निःशुल्क सामानहरू, आकर्षक नगद छुट, सजिलो वित्तिय सुविधा र ओरा ०३ सँग 7wk फास्ट चार्जर जस्ता आकर्षक उपहार सुविधा पाउनेछन् । जि.डब्लु.एम टेस्ट ड्राइभ एक्सचेन्ज फिएस्टा क्याम्पमा उत्कृष्ट डिलहरू र बेजोड प्रस्तावहरूको अनुभव गर्न सबैलाई आमन्त्रित गर्दै, यो कार्यक्रम जोशले भरिपुर्ण बनाउन कम्पनी तयार रहेको छ ।
जि.डब्लु.एमले भर्खरै नेपालमा आफ्नो विद्युतीय गाडी ओरा ०३ इभी ल्याएको छ, जसले “रेट्रो–मोर्डनिस्टिक डिजाइन अवधारणाको साथ ईभी प्रविधिको मिश्रणलाई मूर्त रूप दिएको छ । ओरा ०३ इभी ले आफ्नो बाहिरी भागमा नरम रेखाहरू प्रदर्शन गर्दछ, जसले ब्रान्डको विशिष्ट पारिवारिक शैलीलाई प्रतिबिम्बित गर्दछ र आधुनिक रेट्रो डिजाइन मिश्रित छ ।