सूर्योदय लघुवित्तको नाफा ६१ प्रतिशतले वृद्धि |
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा मुनाफा १ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ६१ दशमलव १४ प्रतिशतले बढेको हो । जसको अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १ करोड १ लाख रुपैयाँ आर्जन गरेको थियो ।
१० करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले जगेडाकोषमा ६ करोड ५५ लाख रुपैयाँ राखेको छ । जसले कर्जामा १ अर्ब १० करोड ८ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ५८ दशमलव ०४ प्रतिशतले वृद्धि गरेको हो ।
लघुवित्तको खुद व्याज आम्दानी ६० प्रतिशतले बढेर ४ करोड ८६ लाख रुपैयाँ र संचालन मुनाफा ४६ दशमलव ६६ प्रतिशतले बढेर २ करोड २१ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी वार्षिक ३० दशमलव ३५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३३ दशमलव १४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ६० दशमलव ७४ रुपैयाँ र तरलता अनुपात ११ दशमलव २३ प्रतिशत रहेको छ ।