डिप्रोक्स लघुवित्तको नाफा १७ करोड ९९ लाख, प्रतिशेयर आम्दानी ५१ |
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमासमा मुनाफा १७ करोड ९९ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षको सोहिअवधिको तुलनाभन्दा ६० दशमलव २३ प्रतिशतले बढेको हो । अघिल्लो वर्ष सोहि अवधिमा नाफा ११ करोड २३ लाख रुपैयाँ कमाएको थियो ।
७० करोड ३१ लाख रुपैयाँ चुक्ता पुँजी भएको लघुवित्तले जगेडाकोषमा ६८ करोड ४० लाख रुपैयाँ छुटाएको छ । लघुवित्तले कर्जामा ९ अर्ब २० करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ । लघुवित्तको खुद व्याज आम्दानी २७ दशमलव ६४ प्रतिशतले बढेर ३७ करोड ४८ लाख रुपैयाँ र संचालन मुनाफा ६५ दशमलव ५१ प्रतिशतले बढेर २४ करोड ६ लाख रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी वार्षिक ५१ दशमलव १९ रुपैयाँ, मल्य आम्दानीको अनुपात ११ दशमलव २६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ९७ दशमलव २९ रुपैयाँ र तरलता अनुपात १७ दशमलव ८२ गुणा रहेको छ ।