नागरिक लगानीकोषको नाफा १३७ प्रतिशतले बढ्यो |
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको छ महिनामा १३७.१६ प्रतिशतले नाफा बढाएको छ । कोषले १९ करोड २ लाख रुपैयाँ नाफा गरेको छ । कोषले विभिन्न क्षेत्रमा गरेको लगानीबाट १२० प्रतिशत आम्दानी बृद्धि गरेको हो । यस्तो आम्दानी ३५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।
बैंक तथा वित्तीय संस्थामा रहेको बचतबाट व्याज आम्दानी २१२ प्रतिशतले बढेर २ करोड ५० लाख रुपैयाँ रहेको छ । लाभांस आम्दानी पनि २४० प्रतिशतले बृद्धि भएर ७५ लाख रुपैयाँ छ । कोषको सञ्चालन खर्च ७५ प्रतिशतले बढेर ७ करोड ५४ लाख रुपैयाँ पुगेको छ ।
कोषले दीर्घकालिन फण्डको अन्तर्गत एक अर्ब १३ अर्ब रुपैयाँ संकलन गरेको छ । फण्डले निक्षेप सहित विभिन्न क्षेत्रमा जम्मा एक अर्ब २० अर्ब रुपैयाँ लगानी गरेको छ ।
फण्डले पछिल्लो समय विभिन्न क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै आएको छ । दोस्रो बजारमा शेयर कारोबार गर्नको लागि स्टक डिलरको काम पनि शुरु गरिसकेको छ ।