भदौसम्ममा ६ खर्ब ३ अर्बको नोट चलनचल्तीमा, नगद प्रवाह बढ्यो
काठमाडौं । बैंकिङ्ग प्रणालीमा तरलता बढेपछि गत आर्थिक वर्षको भदौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोहि अवधिमा नगद प्रवाह बढेको छ। भदौसम्ममा बजारमा ६ खर्ब ३ अर्ब रुपैयाँको नोट चलन चल्तीमा रहेको देखिएको छ।
अघिल्लो आर्थिक वर्षको भदौमा ५ खर्ब ९४ अर्ब रुपैयाँको नोट चलन चल्तीमा रहेको थियो। गत आर्थिक वर्षको तुलनामा यस्तो चलन चल्तीमा रहेको नोट बढेको छ।
गत असारको तुलनामा भने यस्तो रकम घटेको छ। गत असारसम्ममा कुल ६ खर्ब २५ अर्ब रुपैयाँको नोट चलनचल्तीमा रहेको भदौसम्म्मा चलन चल्तीमा रहेको नोट २२ अर्ब रुपैयाँले घटेको छ।
चलन चल्तीमा रहेको नगद मौज्दात बढ्नुले आर्थिक कृयाकलाप बढ्न थालेको संकेत गर्छ।
केन्द्रीय बैंकका अनुसार अहिले बजारमा १, २, ५, १०, २०, २५, ५०, १००, ५००, १००० रूपैयाँ दरका नोट चलन चल्तीमा छन् । राष्ट्र बैंकले चलन चल्तीमा देखाएको रकम व्यक्ति, संस्था वा बैंक तथा वित्तीय संस्थामा भएको कुल नगद हो ।