‘ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८०’ शुरु, तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध
काठमाडौं । जावलाखेल फुटबल ग्राउन्डमा ‘ललितपुर वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८०’ शुरु भएको छ ।
‘नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित असोज १० गतेदेखि कार्तिक ३ गतेसम्म मेलाको आयोजना गरिएको नेपाली जुत्ता चप्पल उत्पादक समूहले जनाएको छ ।
स्वदेशमा उत्पादित जुत्ता चप्पलहरू र स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरूको बीचमा परिचित गराउने उद्देश्यसहित मेला आयोजना गरिएको मेला संयोजक होमनाथ उपाध्यायले बताए ।
वडादशैं पर्व लक्षित यो मेलामा नयाँ/नयाँ डिजाइनका जुत्ता चप्पल आकर्षक मूल्यमा उपलब्ध हुने पनि उपाध्यायले जानकारी दिए । उनका अनुसार मेला बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुला रहनेछ ।
मेलामा तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध हुने आयोजकले जनाएको छ । आयोजक टिमले मेलामा नेपाली र गुणस्तरीय उत्पादनका जुत्ता चप्पल रहने पनि बताइएको छ ।
उपाध्यायले नयाँ उत्पादनहरु उक्त मेलामा लन्च गरिने बताउँदै मेला अवधिभर न्यूनतम २० प्रतिशतदेखि कतिपय उत्पादनहरूमा ५० प्रतिशतसम्म छुटको व्यवस्था मिलाइएको पनि बताए ।
आयोजक टिमले मेला अवधिभरमा तीन लाख जनालाई अवलोकन गराउने लक्ष्य आयोजक टिमले राखेको छ । मेलामा निःशुल्क प्रवेश गर्न सकिने छ ।
मेलामा नेपालमा स्थापित चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरू रोयल सु-इण्डष्ट्रिजको उत्पादन-रोयल लुज, वेश फुटवेयरको उत्पादन-वि.एफ डियर हिल र वि.एफ सपोर्ट, लालिगुरास पुटवेयरको-क्रस रोड लुज, शुभकामना फुटवेयरको-फस्टवाक लुज, नमस्ते फुटवेयरको-सिल, आर.डि.कलेक्सनको-हाई लाईफ, केटिएम शुजको-केटिएम, डि.जे. सुज कम्पनीको-डि.जे. लुज, फुड फेशनको -वेली सुज, र अनिल टे«ड लिंक्सको-उत्सव र कोसेली छाला जुत्ता उद्योगको-कोसेली सुज गरी ११ वटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहने जनाइएको छ ।