ईन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाद्वारा बार्षिक ईन्ट्रा कप २०२३ को आयोजना
काठमाडौं । मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको भब्य सफलता पश्चात, ईन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले न्यू योर्कको रोचेस्टरमा आफ्नो बार्षिक ईन्ट्रा कप २०२३, सक्कर र भलिबल टूर्नामेन्टको सफलतापूर्वक आयोजना गरेको छ ।
भरखरैसम्पन्न टूर्नामेन्टका बारेमा बोल्दै ‘खेलकुदमा सहभागिता प्रबद्र्धन गर्दै समुदाय माझ स्पोर्ट्सम्यानशिपलाई बढावा दिनु ईन्ट्रा कप २०२३को प्रमुख उद्देश्य हो’ ईन्ट्रा फाउन्डेशनका अध्यक्ष दिल्ली अधिकारीले भने, ‘खेलकुद टिमवर्क, सहकार्य र टिम स्पिरिट जस्ता महत्वपूर्ण मूल्य मान्यतालाई बढावा दिने एक प्रमुख माध्यम हो । खेलको माध्यमबाट नेपालीहरूलाई एकताको सुत्रमा बाध्नु र सहकार्यलाई बढावा दिँदै नेपाली भाषाको प्रबद्र्धन समेत कार्यक्रमको उद्देश्य भएको उनले जानकारी दिए ।
तेस्रो ईन्ट्रा कप सक्कर टूर्नामेन्ट २०२३ (पुरुष) तर्फका विजेता टिमाई स्क्वाडले १५ हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन् । तेस्रो ईन्ट्रा कप सक्कर टूर्नामेन्ट २०२३ (महिला) तर्फका विजेता शाइनिङ स्टार्सले १० हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन् । तेस्रो ईन्ट्रा कप ईन्टरस्टेट सक्कर टूर्नामेन्ट २०२३ (भेटरान)को उपाधि लगातार दोस्रो बर्षपनि सिन्सी ईन्ट्रा एफसीले जितेको छ । सिन्सी ईन्ट्राले यो जितसँगै १० हजार अमेरिकी डलर, नगद पुरस्कार हात पारेका छन् ।
तेस्रो ईन्ट्रा कप, भलिबल टूर्नामेन्ट २०२३ (महिला)को उपाधि बेलमोन्टले जितेको छ । तिनले ८ हजार अमेरिकी डलर नगद, हात पारेका छन् । तेस्रो ईन्ट्रा कप, भलिबल टूर्नामेन्ट २०२३ (पूरूष)को उपाधि रूकुम एले जितेको छ । तिनले १० हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेका छन् ।
तेस्रो ईन्ट्रा कपको प्रयोजकहरूमा जोर्शिमाल ज्वेलरी, गोल नेपाल डट कम, हर्से स्पाइस रेस्टूराँ एण्ड बार, ओम गोल्ड हाउस मेलिश ज्वेलर्स, पाथिभरा ज्वलेर्स, अल इन वान युनिट, एवान लेन्डिङ टिम, गौतम ईन्स्योरेन्स एजेन्सी रहेका छन् ।
त्यसैगरी, तेस्रो ईन्ट्रा कपका सपोर्टर्समा ईन्ट्रा नेशनल फार्मेसी, म्याजिक अफ लभ होमकेयर एलएलसी, स्टार प्लस होम हेल्थ केयर, एलएलसी, होराइजन केयर, जीएचसी, अमेरिकेयर हेल्थ सर्भिसेज आईएनसी, ईन्ट्रानेशनल होम केयर, सेरिनिटी होम हेल्थ एजेन्सी, फिरस्ट्याट नर्सिङ सर्भिसेज एलएलसी रहेका छन् ।
दिल्ली अधिकारीको नेतृत्वमा अघि बढी रहेको ईन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका, नेपाली संस्कृतिलाई विश्वभर प्रवद्र्धन गर्ने मानवीय प्रयास हो । फाउन्डेशनले नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न धेरै परियोजनाहरू मार्फत काम गरिरहेको छ । मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्स फाउन्डेसनका नयाँ पहलहरू हुन् जसले नेपाली सिल्वर स्क्रिनलाई प्रज्वलित गरिसकेको छ ।
यस बाहेक, फाउन्डेशनले आफ्ना परियोजनाहरू मार्फत ज्येष्ठ नागरिक, बालबालिका, असक्षमता भएका र सीमान्तकृत व्यक्तिहरूलाई सहयोग गर्ने लक्ष्य बोकेर अघि बढिरहेको छ । हाल, फाउन्डेशनले कोलम्बस, अर्कन, सिनसिनाटी, पिट्सबर्ग, ह्यारिसबर्ग, र स्क्र्यान्टन लगायतका विभिन्न स्थानमा रहेका आफ्ना कार्यालयहरू मार्फत नेपाली भाषी समुदायहरूमा खेलकुद, स्वास्थ्य, शिक्षा र राहत वितरणलाई प्रेरित गर्ने सोचका साथ विविध क्षेत्रमा काम गरिरहेको छ । फाउन्डेसनले मेरो भ्वाइस युएसए र मेरो डान्स युएसए क्रमशः दुई र चार सिजन सफलतापूर्वक सम्पन्न गरी दुई फरक रियालिटी शो आयोजना गर्दै आएको छ ।
यसैबीच, प्रतिष्ठानले प्रख्यात र प्रमाणित नृत्य÷भोकल शिक्षकहरूको नेतृत्वमा निःशुल्क नृत्य र गायन कक्षाहरू पनि सञ्चालन गर्दै आइरहेको छ । यी कक्षाबाट पाँच सय भन्दा बढी विद्यार्थी (बच्चा र वयस्क) लाभान्वित भइसकेका छन् । त्यसैगरी, फाउन्डेसनले अमेरिकामा रहेका नेपाली भाषी समुदायबीच फुटबल, क्रिकेट, स्नुकर र भलिबल लगायतका विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
साथै, फाउन्डेसनले नेपालका विभिन्न शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीहरूको जीवनशैलीलाई उकास्न सक्रिय रूपमा काम गरिरहेको छ । फाउन्डेसनले ज्येष्ठ नागरिक भत्ता, शिक्षा, खानेपानी र खेलकुद लगायत क्षेत्रमा समेत सहयोग गर्दै आइरहेको छ ।