काठमाडौँ महानगरपालिका वडा -८ का तीनवटै मन्दिर एकैदिन समुद्घाटन
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा -८ द्वारा पुनः निर्माण गरिएको तीन वटा मन्दिरको एकैदिन समुद्घाटन गरिएको छ । मन्दिरको विधिवत रूपमा वैदिक तथा तान्त्रिक विधिबाट पुजा अर्चना गरि विभिन्न बाजागाजा सहित शिलापत्र अनावरण गरेर समुद्धाटन गरिएको हो ।
काठमाडौँ महानगरपालिका वडा -८ को गह्येश्वरीमा रहेको इना गणेश (चन्द्र विनायक), महामृत्युजय महादेव जयवागेश्वरी र इट्टापाखामा रहेको स्वर्ण गणेश मन्दिर पुनः निर्माणपछि समुद्घाटन गरिएको हो ।
२०७२ सालको भुकम्प पछि जिर्णद्वारको पर्खाइमा रहेका मन्दिरहरू टेन्डरद्वारा ठेकेदार कम्पनीहरू आह्वान गरि समयमा नै निर्माण कार्य सम्पन्न गर्दै समुद्घाटन गरिएको वडाले जनाएको छ ।
काठमाडौं महानगरपालिका वडा – ८ का वडाअध्यक्ष आशामान संगतले, ‘गुह्येश्वरीमा रहेको इना गणेश मन्दिर करिव २२ लाख १७ हजारमा, इट्टापाखामा रहेको स्वर्ण गणेशको मन्दिर करिव २१ लाख ८८ हजार र जयवागेश्वरीमा रहेको ब्रह्मा मन्दिरको लागत खर्च सार्वजनिक नभईसकेको जानकारी दिनुभयो । ‘
वडाअध्यक्ष संगतले, वडावासीहरूको साथ सहयोग र समर्थन रहेमा वडाभित्रका जस्तोसुकै समस्या समाधान तथा विकास निर्माणमा सहज हुने बताउनुभयो । उहाँले, वडास्तरबाट विकास निर्माणका कामहरू धमाधम भईरहेको र आफुहरूको काम व्यक्ति पुजा गर्ने नभएर समुदाय र समाजको विकास गर्नु रहेको संगतले बताउनुभयो । उहाँले आफुहरूलाई काम गर्नका लागि सुझाव दिनुपर्ने र दवाव नदिन पनि आग्रह गर्नुभयो ।
वडाअध्यक्षले पशुपतिको धर्मशाला पुनः निर्माण भईरहेको र त्यसको सञ्चालनको तयारी काठमाडौँ महानगरपालिकाले गरिरहेको बताउँदै पशुपतिको पार्किङको व्यवस्थापन समेत काठमाडौं महानगरपालिकाले सञ्चालन गर्ने तयारी गरिरहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले हाल वडा भवन निर्माणको काम भईरहेको र जयवागेश्वरीदेखि सिफलको सेतो ढोकासम्म ढुंगा बिछ्याउने काम पनि जारी रहेको जानकारी दिनुभयो ।
त्यस्तै समुद्घाटन कार्यक्रममा बोल्दै संस्कृतिविद् मुकुन्द राज वैद्यले, पुरातात्त्विक सम्पदाहरूको नाम परिवर्तन गर्ने अधिकार कसैलाई नि नभएको बताउनुभयो । उहाँले हामी सबैले आधुनिकताको नाममा पुरातात्त्विक संम्पदाहरूमाथि दासत्व जमाउँन खोज्यौँ भने, भोलिको पुस्ता विविधता यक्त नेपालको परिकल्पनाबाट पछि हट्ने उहाँले बताउनभयो ।
समुद्घाटन कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडाअध्यक्ष आशामान संगत लगायत वडा सदस्य, वडा सचिव लगायत वडाका विभिन्न कर्मचारी सहित स्थानीयवासिहरूको उपस्थिति रहेको थियो ।