एनसेल लाभकर विवादको सुनुवाइ ː दुवै पक्षले आज सर्बोच्चमा जवाफ दिने |
काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक एनसेलको लाभकर विवादको सुनुवाइ अन्तिम चरणमा पुगेको छ । सर्वोच्च अदालतको बृहत पूर्ण इजलासमा आज पक्ष र विपक्ष दुबैका कानुन व्यवसायीले जवाफ पेस गर्दैछन् ।
जवाफ पेसपछि बहस सकिनेछ । इजलासले तत्कालै वा अर्को दिनका लागि निर्णय सुनाउने मिति तय गर्न सक्नेछ । यसअघि तीन दिनसम्म सुनुवाइ भइसकेको छ । चार मुद्दामध्ये चारै पक्षका निवेदकका तर्फबाट मंगलबारसम्म बहस सकिएको छ । जवाफी बहस पनि मंगलबारदेखि नै शुरु भएको हो ।
मंगलबार निवेदक द्वारिकानाथ ढुङ्गेल र अधिवक्ता भावेश गौतमका तर्फबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायीले बहस गरेका छन् । यस्तै, विपक्षी ठूला करदाता कार्यालयका तर्फबाट सरकारी वकिलले पनि मङ्गलवार बहस शुरु गरेका छन्।् । दुवै पक्षको बहस सकिएपछि निवेदक र विपक्षी दुबैका कानुन व्यवसायीले स्पष्ट पार्नुपर्ने विषयमा आफ्ना धारणा राख्नेछन् ।