सानिमा बैंकको कात्तिक २ गते एजीएम, लाभांश अनुमोदन गरिने
काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न सानिमा बैंकले कात्तिक २ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकको १९ औं साधारण सभा कुण्डलिनी दरबार ब्यांकेट चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंक सञ्चालक समिति बैठकले ९% बोनस सेयर र कर प्रयोजनसहित ५.७०% नगद गरी कुल १४.७०% लाभांश दिने प्रस्ताव गरेको छ ।
यस प्रस्ताव उक्त साधारण सभाले पारित गर्ने एजेन्डा छ । साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ सानिमा बैंकले असोज २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २१ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँनेछन् ।