नेपाल इन्भेष्टमेन्ट बैंकले पायो ‘इक्रा एनपीआईआर ए प्लस’ |
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इक्रा नेपाल लिमिटेडबाट उत्कृष्ट गुणस्तरीय क्रेडिट रेटिङ ‘इक्रा एनपीआईआर ए प्लस’ प्राप्त गरेको छ । बैंकको व्यावसायिक आधार, पूँजी पर्याप्तता, न्यून जोखिम कर्जा, कर्जा तथा निक्षेपमा बैंकको बजार हिस्सालगायत अन्य सम्बन्धित सूचकांकहरूको स्तरका आधारमा उक्त क्रेडिट रेटिङ प्राप्त गर्न सफल भएको हो ।
उक्त क्रेडिट रेटिङ प्राप्त संस्थाको कर्जा जोखिम औसत रहको बुझिन्छ । यसका साथै, बैंकले ‘८ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर– २०७८’ को रेटिङ इक्रा नेपालबाट ‘इक्राएनपी एलए प्लस’ प्राप्त गरेको छ ।