महिन्द्रा टु ह्वीलर्सको भ्यालेन्टाइन अफर सार्वजनिक, स्कुटर तथा बाइकको खरिदमा ८ हजार छुट |
काठमाडौं । महिन्द्रा टु ह्वीलर्स अन्तर्गत अग्निमोटो इन्कले भ्यालेन्टाइन–डेको अवसर पारेर विशेष छुटको व्यवस्था मिलाएको छ । महिन्द्राका स्कुटर तथा बाइक खरिद गर्दा ८ हजार रुपैयाँ छुट प्राप्त गर्न सकिने छ । नेपाली युवायुवतीहरु माझ बढ्दै गएको भ्यालेन्टाइनको रौनकलाई थप सशक्त एवं अविस्मरणीय बनाउने उद्देश्य सहित कम्पनीले यो छुटको व्यवस्था मिलाएको हो ।
महिन्द्राका गस्टो १२५, सेन्चुरो डिक्स ब्रेक, सेन्चुरो रक स्टार, मोजो तथा गस्टो आरएस नेपाली युवा माझ लोकप्रिय रहदैं आएको छ । यो योजना सिमित अवधिको लागि मात्र लागू गरिएको छ ।
कम्पनीले आफ्ना ग्राहकहरु लाई चुस्त सर्भिस तथा स्पेयरपार्ट्सहरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्रित गरेको छ । चाहिएको वेला सर्वसुलभ तरिकाबाट मोटरसाइकल तथा स्कुटर खरिद, सर्भिसिङ तथा समयमै ग्राहकहरुलाई स्पेयरपार्ट्सहरु उपलब्ध गराउन कम्पनीले नेपालभर विभिन्न स्थानहरुमा आधिकारिक शोरुम तथा सर्भिस सेन्टरहरुको स्थापना गरेको छ ।
सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रालिअन्तर्गत अग्नी इन्कर्पोरेटेड प्रालि, अग्नि इनर्जी प्रालि, अग्निमोटोइन्क प्रालि, बालाजू अटो वक्र्स प्रालि रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टु ह्वीलर्स, विद्युतीयकार तथा जेनेरेटरहरु विक्रीवितरण गर्दै आएका छन् ।