स्ववियु कैलाशकुटद्वारा शान्ति बाटिकामा संविधान दिवसमा मौलिक हक वाचनसहित दिप प्रज्वलन
काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन स्ववियुले नवौं संविधान दिवसको अवसरमा मौलिक हक वाचन एवं दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।
आज नवौं संविधान दिवसको अवसरमा स्वतन्त्र विद्यार्थी युनियन कैलाशकुट बहुमुखी क्याम्पसको आयोजनामा शान्ति बाटिकामा मौलिक हक वाचन एवं दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका स्ववियु सभापति मुरारी गौतम सुवर्णुले संविधान प्रदत्त कानुनलाई अवलम्बन गर्दै हरेक नागरिकले संविधानले दिएको हक अधिकार पाउनु पर्नेमा जोड दिए । उनले, उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै स्ववियुले हरेक कार्यक्रममा अग्रसर भएर विद्यार्थीको हक हितमा काम गर्नुपर्नेमा जोड दिए ।
बाग्मती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले, मौलिक हकका विषयमा जनताले पाउनु पर्ने हक अधिकार नपाएको महशुस नभएको बताए । उनले शिक्षा विदेयक संसदमा पास हुन लागेको कुरा उठाउँदै युवा जमात विदेश पलाएन हुने र देशमा रोजगारीको सिर्जना नहुने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए ।
कार्यक्रममा संविधानको हकहरू बाचन सहित शिक्षा सम्बन्धी हक, रोजगारको हक र स्वास्थ्य सम्बन्धी हकलाई सामुहिक रूपमा बाचन गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न तह र तप्काका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।