आज सार्वजनिक बिदा, सेयर बजार, बैंक–वित्तीय संस्था बन्द हुने
काठमाडौं । आज बुधबार सेयर बजार बन्द हुने भएको छ । बुधबार (असोज ३ गते) संविधान दिवस परेकाले सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, आज सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । मंगलबार नेप्से सूचक १६.२४ अंकले बढेर १९ सय ८५.४३ बिन्दुमा अडिएको छ । जसमा १ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।