एनएमबि ५० र हाइब्रिड फन्ड एल-१ को प्रतिफल घोषणा
काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । दुवै फन्डका इकाईधनीहरुले आर्थिक वर्ष २०७९–८० को नाफाबाट कर सहित १५% का दरले नगद लाभांश (प्रतिफल) पाउने क्यापिटलले जानकारी गराएको छ ।
लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मितिसमेत तय भएको छ । क्यापिटलका अनुसार असोज १२ गते बुक क्लोज हुनेछ । तसर्थ, असोज ११ गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।