रिपुमर्दिनी पेट्रोल स्टेसनमा हिमालयन बैंकको डिजिटल भुक्तानी काउन्टर
काठमाडौं । हिमालयन बैंक लिमिटेडले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।
२७ भदौ बुधबारका दिन उक्त काउन्टरको उद्घाटन बैंकका नायव प्रमुख कार्यकारी उज्वल राजभण्डारी र सैनिक कल्याणकारी कोषका सहायक रथि किरण केसीले संयुक्त रुपमा गरेका छन् ।
पेट्रोल स्टेसनमा आउने ग्राहकको सुविधालाई मध्यनजर गर्दै उक्त काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
सो पेट्रोल स्टेसनबाट सवारीसाधनमा इन्धन भरेबापत ग्राहकहरूले विभिन्न बैंकको मोबाइल बैंकिङ एपमा रहेको नेपाल पे क्यूआर तथा सबै बैंकबाट जारी भएको एटीएम कार्ड मार्फत पीओएस मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् ।